प्रतिनिधिसभाकाे बैठक बस्दै, के-के छन् एजेण्डाहरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशाषन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०, २०८०/८१ पेस गर्नेछन्। उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।