जेठी सासुको हत्या आराेपमा ज्वाइँ पक्राउ

इलाम । जेठी सासुकाे हत्या आराेपमा ज्वाइँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हिजो बेलुका दुलालले चापागाईको टाउकोमा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा चापागाईको गए राति मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ