मन्त्रीकाे उपस्थितिमा शिक्षकसङ्ग वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा  बिहान ८ः ५ बजेदेखि बैठक सुरु भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा वार्ता सुरु भएकाे मन्त्रालयले बताएकाे छ ।

वार्तामा  सरकारकाे तर्फबाट मन्त्री पन्त र  मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले  छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघकाे तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।

मन्त्रालयले हिजो आन्दाेलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।