तीनकुनेमा तोडफोडमा संलग्नने थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा गएको १५ गते आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ४८ वर्षीय ओमप्रकाश लुइँटेल रहेका छन् ।

गएको चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुल्ला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा प्रदर्शनको आयोजना गरिएको थियो ।

सोही क्रममा भएको घटनाको अनुसन्धानका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिइ सम्मानित काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जनाइएको छ ।