काठमाडाै ।नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।
हिजाे बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् । उनीहरुलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी सिफारिस भएका खापुङ, आचार्य र शर्मा २०५२ साल कात्तित्तकमा भर्ना भएका हुन् । बाँकी तीन जना २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

प्रतिक्रिया