काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिल्कण्ठमा जारी छ । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन्।
जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए।
एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो समय कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र उनी निकटका नेताहरूले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यही विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।
प्रतिक्रिया