काठमाडौं । सत्तारुढ दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्ने भएको छ । बजारमा अहिले सत्ता परविर्तको अनेक हल्ला र उपशंकाका साथै सत्ता गठबन्धनकै नेताहरुबीच बढिरहेको असझदारी उब्जिरहेको समयमा उच्चस्तरीय संयन्त्रको बैठक बोलाईएको हो ।
बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।
हिजो(मंगलबार) बिहान मात्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक घण्टाभन्दा बढी लामो कुराकानी भएको थियो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षकलगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबीच कुराकानी भएको बताइन्छ ।
ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक टिप्पणी गरिरहेका छन् । विपक्षी दलका नेता प्रचण्डले पनि पटक–पटक सरकार फेरिने दाबी गरिरहेका छन् ।
समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको बताईन्छ ।
कांग्रेसएमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
प्रतिक्रिया