वीरगन्जमा १२ बजे सम्मका लागि थपियाे कर्फ्यु

पर्सा ।जिल्लाकाे वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू लम्बिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सूचना जारी गर्दै कर्फ्यू आदेश आतबार राति १२ बजेसम्मका लागि लम्बिएको जनाएका हुन् ।

हनुमान जन्मोत्सवका अवसरमा हिजाे (शनिबार) वीरगञ्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुई पक्षबीच झडप भएको थियो । शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्दै त्यहाँ तनावको स्थिति बनेको

झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए । सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्यू आदेश जारी रहेको अवधिभर कुनै पनि प्रहारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, लगायत गर्न नपाउने आदेशमा उल्लेख छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यू आदेश जारी भएको हो ।