चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दावी गरेका छन् । गृह जिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’ का आधारमा यो कुरा गरेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ । नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’ उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे।यसअघि पनि अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए ।
उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताए । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश त्यतैतिर जाने अनुमान गरे । यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लो पटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभव सहित भनेको हो मैले । ‘केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ।’
प्रतिक्रिया