काठमाडौ । पक्राउपछि काठमाडौ जिल्ला अदालत पेश गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि तीन मुद्धा दर्ता भएको छ ।
उनीमाथि विरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ७ अनुसार राज्यविरुद्धको कसुर, सङ्गठित अपराध, र ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरिएको हो ।
तीनकुने घटनाका मुख्य कमाण्डर प्रसाई आन्दोलनपछि फरार भएका थिए । उनलाई भारतको गुवाहटीबाट भारतीय प्रहरीले समाएर नेपाल फर्काएका थिए । नेपाल प्रहरीले उनलाई भद्रपुरबाट पक्राउ गरेर आजै काठमाडौ ल्याएको थियो ।
प्रतिक्रिया