दुर्गा प्रसाईका दाइलाई प्रहरीले समात्याे, यस्ताे छ कारण

काठमाडौं ।प्रहरीले राजसंस्था पुनर्स्थापना राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर घोषित दुर्गा प्रसाईका दाजु राकेशलाई सोधपुछका लागि पक्राउ गरेको छ ।

पेरिसडाडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उनलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।

हिजाे राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताए । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

ती अधिकारीले भने- राकेश प्रसाई दुर्गा प्रसाईजस्तै अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन् । उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो । मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला । दुर्गा प्रसाईका जेठ दाइ लक्ष्मी,माइला राकेश हुन् भने दुर्गा साइला हुन् । अर्की आमातिरका भाइ नरेन्द्र प्रसाई अष्ट्रेलियामा छन् ।