काठमाडौं । राजावादीको आन्दोलनको क्रममा तीनकुनेमा ट्राफिक लाइट तोडफोड र जडिबुटी उद्योगमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
तोडफोडमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो । यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया