काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सकृय राजनीतिमा फर्किएसँगै आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबार स्थित कार्यालय जाने भएका हुन् ।
सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा निष्कृय उनी सोमबारबाट सक्रिय राजनीतिमा फर्किएका हन् ।
आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ । तथापी उनी संसदमा छिर्न पाउने नपाउनेबारे के हुने भन्ने विषय अपहले गर्भमै रहेको छ ।
प्रतिक्रिया