धनगढी । कैलालीको टिकापुर नगरपालिकामा प्रगतिशील लेखक सङ्घको पालिका समिति गठन भएको छ ।
केन्द्रीय उपाध्यक्ष समीर सिंहको उपस्थितिमा २०८१ चैत १५ गते शुक्रबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले आगामी छ महिनाभित्र नगर सम्मेलन गर्ने गरी तबसम्मका लागि तदर्थ नगर समिति गठन गरेको छ ।
समितिको संयोजकमा दुर्गाप्रसाद भण्डारी तथा सदस्यमा कमला केसी, रङ्गप्रसाद अधिकारी, सम थापा, रामकृष्ण रेग्मी, नृपराज ओझा, नगेन्द्रप्रसाद आचार्य, महावीर चौधरी र देवेन्द्र शाह रहनुभएको छ ।
समितिमा सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
समितिको बैठकले काठमाडौँमा आयोजित प्रलेसको तेह्रौँ राष्ट्रिय सम्मेलनमा चक्रप्रसाद अधिकारी, कमला केसी र नगेन्द्रप्रसाद आचार्यलाई पठाउने निर्णय गरेको जानकारी दिइएको छ ।
प्रतिक्रिया