राजावादी र प्रहरीबीच झडप

काठमाडाैं । राजावादी र प्रहरीबीच झडप भएकाे छ ।

दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढपछि तनाव सिर्जना भएको हो ।   प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेकाे छ ।

बलप्रयाेगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो ।  पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ ।