काठमाडाै । समाजवादी मोर्चाले भोलिका लागि तय गरेको प्रदर्शनको समय हेरफेर गर्दै १२ बजेदेखि मात्र शुरु गर्ने भएकाे छ । जारी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गर्दै मोर्चाले समय हेरफेर गरिएको सूचनामा उल्लेख छ।
‘परिक्षामा सहभागी नानीबाबुहरुको परिक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालको तर्फबाट भोलि २०८१ चैत्र १५ गते भृकुटीमण्डपमा हुने कार्यक्रमको जुलुस निर्धारित स्थानबाट मोटामोटी १२ः०० बजे शुरु गर्ने तय गरिएको छ’ जारी सूचनामा उल्लेख छ ।
यसअघि शुक्रबार बिहान ११ बजे देखि प्रदर्शन गर्ने समय तोकिएको थियो ।
प्रतिक्रिया