मनाङेलाई २० प्रतिशत सजाय छुट

काठमाडौँ। ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएका हुन् । सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ ।

मनाङे कातिकमा काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका थिए ।