पूर्ववराज पारस अस्पताल भर्ना, अवस्था खतरामुक्त

काठमाडौँ । पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् ।

उनलाई हिजो (आइतबार) साँझ हृदयघात भएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले बताए ।

पूर्व युवराज पारसको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टिम खटिएको भने अहिले पनि उनको उपचार जारी रहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको बताइएको छ ।