सिन्धुपाल्चाेककाे भैरवकुण्ड आसपास केन्द्र विन्दु भएर ६.१ रेक्टरकाे भुकम्प

काठमाडाैं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएकाे छ ।

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको हाे।

शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकले जनाएकाे छ ।

भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो।

भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।