काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई चेकजाँच गर्दा उक्त परिणामको सुन फेला परेको हो ।
पक्राउ पर्नेमा उज्बेकिस्तानका अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् ।
मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया