झापा । बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको हो । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा उनको शव भेटिएको थियो ।
शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए ।
प्रतिक्रिया