गुण्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्याउने काम गरेको छ।
सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर बहस भइरहेको उल्लेख गर्दै,लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार सैह्य नभएको हो, भने।सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा घटित घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको हस्तक्षेपले केही समस्या समाधान भएपनि पूर्णरुपमा समाधान नभएको बताए।
उनले भने,एक हजार ५०० विद्यार्थीमध्ये पाँच सयभन्दा बढी विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन्। नेपाललाई होच्याउने कार्य निन्दनीय हो।
सांसद महेश बस्नेतले मेची राजमार्गमा दुर्घटनाहरू बढ्दै गएको र सडकको चाप बढेकाले यसलाई फराकिलो बनाएर सुरक्षित बनाउन माग गरे।सांसद रामप्रकाश चौधरीले सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको समूहले आतङ्क मचाइरहेको र व्यवसायीक केराखेती, मकैखेती नष्ट गरेको जानकारी गराउँदै क्षतिपूर्तिका लागि सरकारसँग माग गरे।
प्रतिक्रिया