खाेटाङकाे हलेसी बजारमा रहेकाे हार्डवेयर पसलमा आगलागी

काठमाडौं । खोटाङको हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको छ ।

प्रहरीका अनुसार आज साँझ हार्डवेयर पसलमा आगलागी भएको र अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । क्षतिकाे विवरण पनि आउन बाँकी रहेकाे छ ।