एकाबिहानै चाबहिलमा छुरा हानी युवककाे हत्या

काठमाडाै । काठमाडौंको चाबहिलमा एकाबिहानै छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा आज बिहान दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट एक युवकको हत्या भएको प्रहरीले बताएको छ । ती युवकको छातीमा चोट लागेको प्रहरी स्रोतले जानकारी दियो । मृतक काभ्रे घर भएका २२ वर्षीय अमृत कार्की रहेका छन् ।

छुरा प्रहारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । । तर पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीले तयारी गरेकाे छ ।