राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरू भएको हो। प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ