मञ्चमा भाषण गरेर ओर्लन नपाउँदै ढलेका वडा अध्यक्ष ढलेकाे ढलेई

चितवन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको मञ्चमा मन्तव्य दिएर ओर्लिने बित्तिकै मृत्यु भएको छ ।

राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष मियाँको हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए ।

तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मियाँ फर्किन सकेनन् । मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ।