प्रचण्डलक्षित ओलीको जबाफ सरकार ०८४ मंसिरमा ढल्छ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ मंसिरमा मात्र ढल्ने बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रति लक्ष्ति गर्दै यस्तो बताएका हुन् ।


प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’


ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको समेत बताए ।