नक्कली पेस्ताेल देखाएर लुट्ने कलाम पक्राउ

रौतहट । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इशनाथ नगरपालिक-४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरिरहेका मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने २० वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएकाे रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।

खेलौना पेस्तोल देखाएर सीमा क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिलाई डर त्रास देखाई रकम माग्ने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।