काठमाडौं । राजेन्द्र महतोकाे नेतृत्वमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’नामक राजनीतिक दल दर्ता भएकाे छ ।
आज निर्वाचन आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई दल दर्ताकाे प्रमाणपत्र दिएकाे हाे।
राष्ट्रिय मुक्ति पार्टी नेपाललाई चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको अधयक्ष महतोले जानकारी दिए ।
दल दर्ता नं.२०१ कायम भएको उनले बताए । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न समेत उनले अपील गरेका छन् ।

प्रतिक्रिया