काठमाडाै । चितवनमा एक युवकलाई निर्घात कुटपिट गरेका असई बुद्धिबहादुर भुजेल निलम्बित भएका छन् ।
पुस १५ गते भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा रातको समयमा सवारी चेकजाँचका क्रममा एक युवकमाथि उनले निर्घात कुटपिट गरेका थिए । अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले वनाएकाे छ । उनले सवारी चालक अनुमतिपत्र र ब्लूबुक जाँच गर्ने क्रममा एक युवलाई निर्घात कुटपिट गरेका थिए ।
सो कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानविन समिति गठन गरेर अनुसन्धान थालेको थियो । घटनाबारे आवश्यक अनुसन्धान गरेर असई भुजेललाई निलम्बन गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।
भिडियोमा मोटरसाइकल चेकिङ गरिरहेका बेला ति युवकले कसैलाई फोन गर्न खोजेको देखिन्छ । त्यसपछि प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै युवकलाई कुटपिट गरेको देख्न र सुन्न सकिन्छ।
प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर, प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको दृश्य देखिन्छ ।
प्रतिक्रिया