सर्बाेच्चले माग्याे बेचन झालाई थुनामा राख्नुकाे कारण

काठमाडाै । सर्बाेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बन्दी प्रत्यक्षीकरण मुद्दामा थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएकाे छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतको आदेशले उनी हाल मुद्दा पुर्पक्षको क्रममा कारागारमा छन् ।