गठबन्धनकाे स्पिरिटअनुसारकाम गर्न देउवाकाे मन्त्रीहरुलाई निर्देशन

काठमाडाै ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई गठबन्धन सरकारकाे स्पिरिटअनुसार काम गर्न निर्देशन दिएका छन् ।

पार्टीकाे संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा देउवाले यस्ताे निर्देशन दिएका हुन् ।

सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बूढानीलकण्ठमा डाकेका थिए । बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयले गरेका कामकाे ब्रिफिङ गरिरहेका छन् ।

बैठकममा बाेल्दै देउवाले सरकारका काम कारवाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएका हुन् ।

‘अब के-के काम गर्ने, कसरी प्रभावकारीरूपमा अगाडि जाने । झण्डै २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई डेलिभरि दिनुपर्ने कुराहरू दिनुहोस् देउवाले भने ।

ओली सरकारमा कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ ।

दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी छन् ।