काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेकाे बयान नसकिए आज प्रहरी हिरासतमा बस्नुपर्ने भएकाे छ ।
सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ ।
आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन् । बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए ।
प्रतिक्रिया