राष्ट्रपति पाैडेललाई भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पाैडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

कानुन मन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।