चाैध वर्षीय बालिका बलात्कार गरेकाे आराेपमा लिम्बू समातिए

धनकुटा । १४ वर्षीया बालिकामाथि जबरजस्ती बफात्कार गरेको आराेपमा चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई साेमबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।