साेविताकाे बाबुराम निवास प्रवेशले रास्वपामा हलचल

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमबीच भेटवार्ता गरेपछि रास्विाभितभि्र हलचल पैदा भएकाे छ ।

आज बिहानै साेविताले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने सम्बन्धमा डा . भट्टराई र उनकी पत्नी हिसिला यमीसङ्ग छलफल गरेपछि रास्वपाभित्र त्यसले हलचल पैदा गराएकाे हाे ।

रास्वपा सभापति रवि लामिछाने यतिखेर सहकारीकाे रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा रहेका छन् । यस्ताे बेलामा पार्टीकी सांसद साेविताले वैकल्पिक शक्ति निर्माणका लागि भन्दै चालेकाे कदमले कतै रास्वपाभित्र नि राजनीतिक धार परिवर्तन हुन लागेकाे त हैन भन्ने आशंका पैदा गराएकाे छ ।

गाैतमसंग गरिएकाे भेटबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका बाबुरामले फेसबुकमा लेखेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’

माओवादीबाट बाहिरिएपछि नयाँ शक्ति हुँदै मधेशवादी दलमा मिसिएर अहिले नेसपा गठन गरेका बाबुराम देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन्।

उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए।

उता, एमालेबाट निकालिएका डा. भीम रावलले पनि भाेली पत्ररकार सम्मेलन गर्दै नयाँ पार्टीकाे घाेषणा गर्ने तयारी थालेका छन् ।

यसले नेपाली राजनीतिक वृत्तमा थप नयाँ तरंग उत्पन्न गराएकाे छ ।