धादिङमा माईक्राे बस दुर्घटना हुँदा १६ जना घाइते

धादिङ। धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।