काठमाडाै । ‘हनी ट्रयाप’ प्रकरणमा जाेडिएकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ ।
आज जिल्ला अदालत ललितपुरले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो ।
शाही हिजाे अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो ।
भैंसेपाटी प्रभागको प्रमुख हुँदा उनले आपराधिक समूहसँग मिलेर एक व्यापारीलाई थुनामा राखी ३० लाख असुलिएको अभियोग छ ।
प्रतिक्रिया