कनठमाडाै । सत्तारुढ दल नेकपा एमालेले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न उर्दी जारी गरेकाे छ । केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजाे बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले रिपोर्ट तयार गर्न उर्दी जारी गरेकाे महासचिव शंकर पोखरेलले जानकारी दिए ।
महासचिव पाेखरेलका अनुसार बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने विषयमा छलफल गरेको छ । यसैगरी पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको पोखरेलले जानकारी दिए ।
एमालेले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालापछि ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेले माघ, फागुन, चैत गरी तीन महिना वडा तहमा पुग्ने निर्णय गरेको हो । २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को चैत्रभित्रै गर्ने एमालेको घोषणा छ ।
प्रतिक्रिया