कृष्णभीरमा ग्यास बुलेट खस्दा चालक र सहचालक बेपत्ता

चितवन । चितवनबाट काठमाडौ जादै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। अहिले चालक र सहचालकको खोजी भइरहेको छ। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।