क्षमताभन्दा बढी मान्छे बाेकेकाे बसबाट खसेर दुई जनाकाे मृत्यु

काठमाडौं । काठमाडाैंकाे तारकेश्वरस्थित  शेषमतिमा  बसबाट खस्दा दुई जनाकाे मृत्यु भएकाे छ ।

सीट क्षमताभन्दा बढी यात्रु बाेकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

आज विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए ।

उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।