काठमाडाै ।निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो ।
उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
‘अनुगमन टोलीको सिफारिसअनुसार उनीहरूलाई स्पष्टीकरण सोधिएको हो,’ प्रवक्ता अर्यालले भनिन्, ‘मौन अवधिको होइन, अगाडिकै कुरा हो ।’ आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया