प्रसाईंलाई थुनामुक्त गर्न सर्बाेच्चले मानेन

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत आराेप लगाएकाे आराेपमा पक्राउ परेकाे दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्बाेच्च अदालतले ईन्कार गरेकाे छ ।

प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिट खारेज गर्न आदेश दिएको हो।

प्रसाईंले निरजले गैरकानूनी रूपमा हिरासतमा लिएको भन्दै हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।