काठमाडाै । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले पनि चलन तोडेर पहिला चीन भ्रमण गरेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा प्रचण्डले आफूले पनि चल्दै आएको परम्परालाई तोडेर चीन भ्रमण स्मरण गराएका हुन् । उनले भने, ‘तपाईहरू सबैले बुझ्नु भएकै छ, परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ ।’
नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लो पटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका हुन् ।
प्रतिक्रिया