काेशीका मुख्यमन्त्री कार्कीकाे घरमा कसले राख्याे शंकास्पद वस्तु ?

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु भेटिएकाे छ ।

आज बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको बताईएकाे छ । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको हाे ।

विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको र त्यहाँ डिस्पाेजल टाेली समेत परिचालित भएका छन् ।