काठमाडाै। काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
७ गते दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेकाे हाे ।
महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकेकाे जनाएकाे छ ।
प्रतिक्रिया