आफ्नै मन्त्रीविरुद्ध जाई लागेका सांसद बजगाईंलाई कांग्रेसले साेध्याे स्पष्टिकरण

काठमाडाै ।आफ्नै पार्टीका मन्त्रीविरुद्ध विभिन्न आराेप लगाएका सांसदलाई नेपाली कांग्रेसले स्पष्टिकरण साेधेकाे छ ।

कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको हाे ।

सांसद बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले कमिसन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

उनलाई स्पष्टीकरण दिन भाेली (बुधबार)सम्मको समय दिइएको बुझिएको छ । उनलाई अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण समेत लिएका थिए ।

मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए ।