काठमाडाै । जापानमा मानव तस्करी गर्न लागेकाे आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
अदालतले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।
प्रतिक्रिया