विराटनगर । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा टेकराज भट्टराई सर्वसम्मत भएका छन् ।
उनी एमाले र कांग्रेसकाे सहमतिपछि एमालेले उम्मेदवारी नदिदा सर्बसम्मत भएका हुन् । निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पुरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिए ।
डेढ वर्ष अघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया