रविलाई पाेखरा पुर्याउदा सात जना समातिए

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको हाे ।

कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले उनीहरुलाई पक्राउ गरिएकाे पुष्टि गरे । प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

रविलाई सुप्रिम सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे अभियाेगमा रुपन्देहीमा बयान लिएपछि पाेखरा लगिएकाे थियाे ।